लक्ष्य

  • उपलब्ध आधुनिक तथा उन्नत कृषि प्रविधिहरूको प्रयोग मार्फत कृषि क्षेत्रको उत्पादकत्व वृद्धि तथा उत्पादित उपजहरुको गुणस्तर वृद्धि गरी उच्च प्रतिफल युक्त कृषि व्यवसायको विकास गर्न आवश्यक सीप तथा क्षमता विकास गर्ने
  • प्रदेशमा उपलव्ध श्रोत साधन पुँजी मानवीय संसाधन तथा उद्यमशीलताको समुचित उपयोग तथा संयोजन गर्ने वातावरण तयार गरी कृषि व्यवसायको विकासमार्फत प्रदेशको समग्र कृषि सामाजिक आर्थिक क्षेत्रको विकास गर्ने

उद्देश्य

  • व्यवसायिक एवं दिगो कृषि तथा कृषि व्यवसायको विकासका लागि कृषि व्यवसायमा संलग्न रहेका र हुन चाहने कृषक कृषि उद्यमी कृषि प्राविधिक तथा कृषि मूल्य श्रृंखलामा आवद्ध अन्य सरोकारवालाहरूको क्षमता अभिवृद्धि गर्न तालिमको आवश्यकता पहिचान गर्ने पहिचान भएका विषयहरुमा आवश्यकता अनुसार तालिम सञ्चालन गर्ने र संचालित तालिम कार्यक्रमहरूको प्रभावकारिता अध्ययन गर्ने ।
  • प्रदेशस्तरमा विभिन्न सरकारी अर्धसरकारी गैरसरकारी तथा निजी क्षेत्रबाट सञ्चालन गरिने तालिम तथा अन्य क्षमता विकासका क्रियाकलापहरुलाई समयानुकूल एकरुपता र प्रभावकारी बनाउने सन्दर्भमा समन्वय गर्ने र विज्ञ परामर्श सेवा प्रदान गर्ने ।
  • कृषि व्यवसायहरूको स्थापना सञ्चालन तथा व्यवस्थापन गर्ने कार्यमा इच्छुक कृषि व्यवसायीहरुलाई व्यवसाय स्थापना सञ्चालन विकास र विस्तारका लागि चाहिने प्राविधिक तथा अन्य आवश्यक सेवा प्राप्त गर्ने कार्यमा सहजीकरण गर्ने ।
  • कृषि व्यवसाय प्रवर्द्धनका लागि व्यवसाय प्रवर्द्धनमुखी कार्यक्रमहरूको आयोजना गरी सरोकारवालाहरु बीच सम्बन्ध स्थापित गराइदिने र मूल्य श्रृङ्खलामा आधारित व्यवसायको विकास र विस्तारका लागि सहकार्यको वातावरण सिर्जना गर्ने ।